इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने

काठमाडौं । इजरायल र विद्रोही समूह समास १५ महिना लामो युद्ध समाप्त गरेर १९ जनवरी अर्थात् आउँदो आइतबारदेखि लागू हुने युद्धविराम सम्झौताको मुकाममा पुगेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको पुष्टि गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । जसमा पूर्ण एवं समग्र युद्धविराम, गाजाबाट इजरायली सेना फिर्ता र हमासले राखेका सबै बन्दीहरुको रिहाईलाई महत्वपूर्ण रुपमा समेटिएको बताइएको छ ।
बाइडेनका अनुसार पहिलो चरणमा प्यालेस्टाइनीहरुलाई उनीहरुका आफन्तसँग मिलन गराउने र घर फिर्ती तथा गाजापट्टीमा अधिक मानवीय सहायताको अनुमति दिइनेछ । हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण सुरु गरेको थियो । जसमा अहिलेसम्म १२ सय जना मारिएका छन् भने २५१ जनालाई बन्धक बनाएर गाजा लगेको बताइन्छ ।
हमासले आफुहरुले सुरु गरेको आक्रमणले गाजामा ठूलो परिमाणको इजरायली आक्रमण निम्त्याएको र जस दौरान ४६ हजार बढी प्यालेस्टाइनी मारिएको प्रतिक्रिया दिएको छ । इजरायलले ९४ बन्दी अहिले पनि हमाससँग रहेको र जसमध्ये ३४ जनालाई मृत मानिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई