राष्ट्रिय निकुञ्ज ऐनमा गरिएको संशोधन सर्वोच्चद्वारा बदर
बुधबार, ०२ माघ २०८१, २० : ५०
१

काठमाडौँ । सर्वोच्च अदालतले लगानी सहजीकरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा गरिएको संशोधन बदर गरिदिएको छ । संवैधानिक इजलासले यस्तो फैसला सुनाएको थियो ।
न्यायाधीश सपना प्रधान मल्लले भने फरक राय राखेकी थिइन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहहरु, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले यो निर्णय गरेको हो ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासले पहिलो सुनुवाइमै गत साउन ३० गते उक्त संशोधित कानुन कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।