बजारका अधिकांश तरकारीमा विषादी

काठमाडौँ । बजारका अधिकांश तरकारीमा विषादी पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार परीक्षण गरेको तरकारीमध्ये अधिकांशमा विषादी भेटिएको हो ।
समितिले १० वटा तरकारीको नमुना संकलन गरी विषादीको परीक्षण गर्दा ५ वटा तरकारीको नमुनामा विषादी पाइएको हो । सागजन्य तरकारीमा विषादीको मात्र भेटिएको छ । भक्तपुर क्षेत्रका पालुङ्गो, भाजी, पाकुचा र रायो सागमा विषादी भेटिएको हो । यी सागहरूमा ६१.८५० देखि ८९.०४४ प्रतिशत अगानोफस्फेट विषादीको रोकावट मात्रा भेटिएको छ । सोही विषादी मकवानपुर क्षेत्रको भाजीसँगमा ७९.४६२ प्रतिशत रोकावट मात्रा भेटिएको हो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा
-
बन्दीपुरमा कला–संस्कृति र मधुपर्क सम्मेलन
-
मित्र राप्रउ पोखरेललाई सम्झनाका लहराहरूबाट श्रद्धासुमन
-
पूर्वराजालाई विवादमा नतानौँः राजेन्द्र लिङ्देन
-
तीनकुने घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्न राप्रपाको माग
-
तीनकुने घटनाको छानबिनका लागि छुट्टाछुट्टै तीन आयोग गठन गर्न राप्रपाको माग