भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले इतिहासबाट पाठ सिक्दै अब बन्ने घर र संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता भएको बताए । उनले विकास निर्माणका कार्यमा विपद्को जोखिमलाई नसोची दिगो विकास सम्भव नभएको बताए । उनले प्राकृतिक विपद्लाई दैवी इच्छाशक्तिको रूपमा लिने र विपद् आइसकेपछि मात्र गम्भीर हुने हाम्रो परम्परागत नीतिलाई विगतका भूकम्पहरूले ठुलो पाठ पढाएर गएको बताए । उनले भूकम्पसम्बन्धी परम्परागत मान्यता तोड्दै र कार्यशैली सुधार्दै जोखिम न्यूनीकरणका लागि सचेत हुन जरुरी रहेको बताए ।
उपप्रधानमन्त्री सिंहले भने, ‘विज्ञानले समेत भूकम्पको पूर्वानुमान गर्न नसकेको परिप्रेक्ष्यमा भूकम्प रोक्न त सक्दैनौँ । तर भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्नसक्छौँ । हामी यो विषयमा जानकार छौँ । तर अझैपनि भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि हामीले गर्नुपर्ने धेरै छ ।’
बलियो भौतिक संरचना र सजगता अपनाउन सकेमात्रै भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उपप्रधानमन्त्री सिंहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण
-
नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
-
माओवादीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी दिनेसम्बन्धी प्रस्ताव पेस, निर्णय अर्को बैठकले गर्ने
-
‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’मा दयाहाङ र मिरूना
-
राष्ट्रिय निकुञ्ज ऐनमा गरिएको संशोधन सर्वोच्चद्वारा बदर
-
निर्माण व्यवसायी महासंघ आन्दोलित : १४ वटा मागसहित सरकारलाई माघ १५ को अल्टिमेटम