दिगो विकास लक्ष्य प्रगति ७ वर्षमा ३९.६ प्रतिशत

काठमाडौँ । नेपालको दिगो विकास लक्ष्य प्रगति हालसम्म ७ वर्षमा ३९.६ प्रतिशत रहेको छ । ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०’ अनुसार नेपालको दिगो विकास लक्ष्य प्रगति हालसम्म ३९.६ प्रतिशत रहेको हो ।
आगामी २०३० सम्ममा अनुकूल स्थिति रहेमा ५९.७ प्रतिशत पुग्ने अनुमान प्रतिवेदनमा उल्लेख छ ।
नेपालले १७ वटा लक्ष्यमध्ये १६ वटा अवलम्बन गरेको छ । नेपालले सुरुमा निर्धारण गरिएको ४८९ सूचक घटाएर ३०१ कायम गरिएको छ । र १५१ वटा सूचकको मात्र तथ्याङ्क उपलब्ध भएको र सोको आधारमा गरिएको प्रगति यथार्थ आँकलन हुन नसक्ने देखिएको प्रतिवेदनले औँल्याएको छ ।
दिगो सामाजिक विकास र सुशासनका लागि उपरोक्त लक्ष्यहरू अन्तर्गत परिमाणात्मक लक्ष्यहरू र तिनका सूचक निर्धारण गरिएको छ । त्यसका अतिरिक्त राष्ट्रिय सन्दर्भलाई दृष्टिगत गरी थप केही राष्ट्रिय परिमाणात्मक लक्ष्य तथा सूचकसमेत थप गरिएको छ । प्रतिवेदन अनुसार यद्यपि निर्धारित परिमाणात्मक लक्ष्य तथा सूचकमा आधारित सूचना प्राप्तिमा समस्या भएको तथा कतिपय सूचक दोहोरो पर्न गए समेतका तथ्यलाई मध्यनजर गरी सूचकहरूलाई पुनर्निर्धारण समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा एक विषय मौका परीक्षाको आवेदन खुला
-
सशस्त्र प्रहरीको इन्स्पेक्टरमा भर्ना खुला
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ?
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै