दिगो विकास लक्ष्यका लागि शीर्षक विहीन खर्च बढ्यो

काठमाडौँ । नेपालमा दिगो विकास लक्ष्यका लागि शीर्षक विहीन खर्च बढेको पाइएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०’ छलफलमा दिगो विकास लक्ष्यका लागि शीर्षक विहीन खर्च बढेको बताइएको हो ।
डा. रोजनाथ पाण्डेले दिगो विकास लक्ष्यमा गत वर्ष ३५ प्रतिशत खर्च भएकोमा यो वर्ष ४५ प्रतिशत पुगेका बताए । ‘गत वर्ष ३५ प्रतिशत कोडिङ नभएको रकम खर्च भएको थियो, यो वर्ष ४५ प्रतिशत पुगेको छ,’ उनले भने, ‘प्रदेशगत र केन्द्रमा शीर्षक बिनको खर्च बढेको छ ।’
समितिका सभापति कमलादेवी पन्तले प्रतिवेदनले औँल्याएको शीर्षक विहीन खर्चबारे गम्भीरता पूर्वक लिएर अध्ययन गर्नुपर्ने बताइन् ।
छलफल कार्यक्रममा समितिका पूर्वसभापति प्रकाश पन्तले कागजी प्रतिवेदनले निकालेको ७८ वटा बुँदा कार्यान्वयनमा जानुपर्ने बताए ।
नेपालले १७ वटा लक्ष्यमध्ये १६ वटा अवलम्बन गरेको छ । नेपालको प्रगति हालसम्म ७ वर्षमा ३९.६ प्रतिशत र आगामी २०३० सम्ममा अनुकूल स्थिति रहेमा ५९.७ प्रतिशत पुग्ने अनुमान प्रतिवेदनमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ?
-
झापा गोल्डकप : उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा–११ भिड्दै
-
शिवम् सिमेन्ट ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२४’ बाट सम्मानित
-
लुम्बिनी प्रदेश सरकार राजस्व सङ्कलनमा कमजोर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज, के छ छलफलको एजेन्डा ?