प्रचण्ड–माधवलाई विप्लवको प्रस्ताव : संसद् तपाईं तताउनोस् सडकमा हामी साथ दिन्छौँ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली सरकारविरुद्ध सदन र सडक दुवै मोर्चा कसिलो बनाउनुपर्ने प्रस्ताव राखेका छन् । समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर रहेको, सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै दुवै मोर्चा कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको सहभागी एक नेताले बताए ।
‘हामी अहिले संसदमा छैनौँ । मोर्चाका तीन दल संसदमा हुनुहुन्छ । अध्यादेशमार्फत ओलीजीले शासन गर्न खोज्नुभएको छ । त्यसलाई प्रतिवाद गर्नुपर्छ । तपाईंहरू संसद् तताउनोस्, हामी सडकमा साथ दिन्छौँ ।’
यस्तै उनले विगतमा तीन बुँदे सहमतिबाट ओली सरकार पछि हटेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए । माघ १६ गते बस्ने बैठकले मोर्चालाई थप प्रभावकारी बनाउने गरी कार्यक्रम ल्याउने कार्यदल सदस्य तथा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार
-
टेस्लाको कारमा आगो लगाएको आरोपमा अमेरिकामा एक जना पक्राउ
-
कुलमान र हितेन्द्रको मुद्दामा आज निर्णय भएन, आइतबार अर्को पेसी
-
गर्भवती महिलाको पेटबाट निकालियो कैँची, १७ वर्ष अघिको घटनासँग थियो साइनो
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
-
राजावादी समूह बानेश्वरतर्फ अघि बढेपछि ‘धकेलाधकेल’