सहकारी ठगी प्रकरण
रविले बुझाए धरौटी रकम
बुधबार, ०२ माघ २०८१, १८ : ००
![रविले बुझाए धरौटी रकम](https://npcdn.ratopati.com/media/news/rabi-samarthak-(5)_rrutcbSlvk.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका छन् । लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन् ।
यसअघि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन