त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना थप गर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातक तहको भर्ना थप गर्ने भएको छ। शिक्षाध्यक्षको कार्यालयले डीनहरूसँग गरेको छलफलपछि भर्ना पुनः थप्ने भएको हो। यो विषयमा कुनै निर्णय नगरेपनि एक हप्ता थप गर्ने विषयमा डीनहरूले सुझाव दिएका हुन्।
सोही आधारमा शिक्षाध्यक्षको कार्यालयले एक हप्ता पुनः भर्ना खोल्ने निष्कर्ष निकालेको हो। शिक्षाध्यक्षको कार्यालयले यश विषयमा चाडै सूचना जारी गर्ने जनाएको छ। शिक्षाध्यक्षको कार्यालयले स्नातक तहको भर्ना रोक्न सबै डीन कार्यालयहरूलाई निर्देशन दिएको थियो। सोही आधारमा डीन कार्यालयले भर्ना प्रकृया रोकेका थिए।
विद्यार्थी भर्ना हुन नपाउदै भर्ना प्रकृया रोकेको भन्दै चौतर्फी विरोध जनाएका थिए। त्यसपछि शिक्षाध्यक्ष प्राडा खड्क केसीले सबै डीनहरूसँग आज छलफल गरेका थिए। छलफलका क्रममा डीनहरूले भर्ना म्याद पुनः खोल्न सुझाव दिएका थिए। ‘हामीहरूले सुझावको क्रममा थप गर्नु राम्रो भनेका छौ। त्यहि आधारमा शिक्षाध्यक्षको कार्यालयले भोलीसम्ममा केही सुचना जारी गर्ला,’ एक डीनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
-
माओवादीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी दिनेसम्बन्धी प्रस्ताव पेस, निर्णय अर्को बैठकले गर्ने
-
‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’मा दयाहाङ र मिरूना
-
राष्ट्रिय निकुञ्ज ऐनमा गरिएको संशोधन सर्वोच्चद्वारा बदर
-
निर्माण व्यवसायी महासंघ आन्दोलित : १४ वटा मागसहित सरकारलाई माघ १५ को अल्टिमेटम
-
धरौटी आदेशविरुद्ध पुनरावेदन गर्न पीडितको माग, प्रतिवादी छुट्दा न्याय पाउनेमा संशय