बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको दाबी : सावधानी र मिहेनतका साथ अध्यादेश ल्याएका हौँ

बुधबार, ०२ माघ २०८१, १७ : ३९
बुधबार, ०२ माघ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त जरुरी भएका र कानुन संशोधन गर्नुपर्ने भएकाले २९ वटा कानुनका लागि अध्यादेश ल्याउनुपरेको  बताएका छन् । बुधवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सुशासनका सबै मापदण्ड र पक्षमा ध्यान दिँदै विकासका कामलाई प्रभावकारी ढङ्गले अघि बढाएर समृद्धि हासिल गर्ने उद्देश्यले अध्यादेश ल्याइएको दाबी गरे ।

‘यी अध्यादेशहरू बाहिर चर्चा भए जसरी यतिवटा जारी भए यति रोकिएका होइनन् । राष्ट्रपतिले अध्ययन गर्नुहुन्छ त्यसपछि जारी गर्नुहुन्छ । कति मसान्तमै अध्ययन गर्नुभयो, बाँकी भुमिसम्बन्धी अध्ययन रोकियो भनेर भनियो’, प्रधानमन्त्रीले अध्यादेशपछि कांग्रेस सभापति शेरबहादुर देउवाका नाममा नक्कली विज्ञप्ति जारी गरिएको भन्दै आपत्ति जनाए ।

अध्यादेश विज्ञलगायत सबैसँगको छलफल र सहभागितामा सावधानी र मेहनतका साथ तयार गरेर मन्त्रिपरिषदबाट सिफारिस भएको प्रधानमन्त्रीको भनाइ छ ।

उनले वर्तमान सरकार काम गर्न र जनताका समस्या सम्बोधन गर्न बनेको भन्दै कुनै पनि कुराले सरकारको गति रोक्न नसक्ने र सत्तारुढ दलमा एकता रहेको पनि अध्यादेशबाट पुष्टि भएको बताए । ‘पूर्ण सहमतिका साथ यी अध्यादेश आएका छन्’, ओलीले भने, ‘आजै ढल्छ, भरे ढल्छ, बेलुकासम्म ढल्छ भन्नेहरू पौने ११ बजे राष्ट्रपतिकोमा अध्यादेश दर्ता गर्‍यौ । मध्यरातमा के षड्यन्त्र भन्ने आए । पौने ११ बजे मध्यरात हुन्छ ?’

जबसम्म देशको विकास नहुने र समृद्धि नभएसम्म २४ सै घण्टा काम गर्ने ओलीको भनाइ छ । ‘जतिबेर पनि हामी काम गर्छौ । रातदिन गर्छौ’, ओलीले कुनै कानुन राति पनि बनाउन सकिने भन्दै विरोधीहरूको अफवाह फैलाउने तरिका उक्त नभएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप