एक वर्षमा देखियो ३६८ जनामा बाथरोग
काठमाडौँ । एक हजार जनाको रगत परीक्षण गर्दा ३६८ जनामा बाथरोग देखिएको छ । नेशनल बाथरोग सेन्टरले गत वर्ष १ हजार ५२ जनाको रगत परीक्षण गर्दा ३६८ जनामा बाथरोग देखिएको हो ।
हरेक वर्ष माघ महिनामा बद्री तिर्थ आथराइटिस समाज र नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा माघ महिनाभरि बाथरोग सम्बन्धी जनचेतना फैलाउने अभियान कार्य गदै आएको छ । गत वर्ष यही कार्यक्रम मार्फत एक हजारभन्दा बढी रगत परीक्षण गरिएको थियो ।
बुधबार आयोजित कार्यक्रममा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले बाथरोगले शरीरका महत्त्वपूर्ण अंगहरुलाई असर गर्ने भएकाले बेलैमा सचेत रहन आग्रह गरेका छन् ।
सेन्टरले सन २०१२ देखि बाथरोग जागरण अभियान सुरु गरेको स्मरण गराउँदै सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले सामाजिक उत्तरदायित्व अन्तगत रोगको जनचेतना अभिवृद्धि गर्न र समयमा नै रोगको पहिचान गरी उपचार गर्न सफल भएको बताए ।
कार्यक्रममा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान पुर्याएकोमा प्रा.डा. मोहन प्रसाद लोहनीलाई तिथनन्द वैद्य मेमोरियल लाइफटाइम एचिवमेन्ट अवाड प्रदान गरिएको छ । जसमा २५ हजार नगद राशिसहित प्रमाणपत्र रहेको सेन्टरले जनाएको छ । गणित विज्ञानमा नेपाली महिला एवं बद्री तिर्थ आर्थराइटिस समाज तिर्वानन्द वैद्य मेमोरियल लाइफ टाईम एचिभमेन्ट अवार्ड गणित विषयको अध्ययन, अध्यापनमा योगदान पुर्याएकोमा उप– प्राध्यापक बिन्द्रा देवी शाक्यलाई अर्वाड प्रदान गरिएको छ । जसमा २५ हजार नगद राशिसहित प्रमाणपत्र रहेको सेन्टरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी महासंघ आन्दोलित : १४ वटा मागसहित सरकारलाई माघ १५ को अल्टिमेटम
-
धरौटी आदेशविरुद्ध पुनरावेदन गर्न पीडितको माग, प्रतिवादी छुट्दा न्याय पाउनेमा संशय
-
बजारका अधिकांश तरकारीमा विषादी
-
डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
-
कर्णालीको ‘स्थानीय सेवा ऐन’ कार्यान्वयनमा नआउँदै संशोधनको चर्को दबाब
-
यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था