हाम्रो ध्यान पार्टी फुटाउने र जोड्नेमा होइन, सरकार प्रभावकारी बनाउनेमा छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सरकार पार्टी फुटाउने नभएर प्रभावकारी बनाउन लागिरहेको बताएका छन् । बुधवार अध्यादेशका विशेषताबारे जानकारी दिन प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार अरूको दल फुटाउन नभएर सम्मृद्धिका लागि काम गरिरहेको बताए ।
‘अर्काको पार्टी फुटाउन हामीलाई के शौख ?’, प्रधानमन्त्रीले भने, ‘हामी अहिले सरकारमा बसेर पार्टी फुटाउने र जोड्ने कामतिर होइन कि सरकारको काम गर्न केन्द्रित छौँ ।’
उनले सरकार टिकाउने मात्र नभएर प्रभावकारी र सफल बनाउन लागिरहेको बताए । ‘सरकार टिकाउने मात्र होइन, टिक्न त आफै टिकिहाल्छ नि ! यत्रो मजबुत सरकार । तर यसलाई काम गरेर मजबुत बनाउनु छ त्यसका निम्ति अध्यादेश आवश्यक भए र ल्यायौँ ।’ उनले अध्यादेशका बारेमा कुनै प्रकारको भ्रममा नपर्न र आम जनताले स्वागत गरेको दाबी समेत गरे ।
यसअघि ४० प्रतिशतको व्यवस्थासहित अध्यादेश ल्याउँदा कोकोहोलो मच्चाएको भन्दै त्यसपछि फिर्ता लिए पनि अहिलेका विपक्षीहरूले पछि २० प्रतिशतकाे दायरा राखेर अध्यादेश ल्याएको बताएको बताए । पत्रकार सम्मेलनमा एकपक्षी बोलेका प्रधानमन्त्रीले यथोचित समयमा संसद् अधिवेशन बोलाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले चिनियाँ सामानमा कर वृद्धि गर्दा भारतबारे किन मौन ?
-
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने
-
अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो
-
कसले पाउला रतन टाटाको डेढ खर्ब भारुको सम्पत्तिमा हक ?
-
राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सिंहदरबारमा छलफल
-
जसपा नेपालमा भयो कार्य विभाजन : कसले के जिम्मेवारी पाए ?