बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
अध्यादेश

रास्वपाले भन्यो : वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको घटनामा संलग्नता भेटिए कारबाही हुन्छ

बुधबार, ०२ माघ २०८१, १७ : २७
बुधबार, ०२ माघ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौँ परिसरमा भएको हातपातमा पार्टीका कोही सदस्य संलग्न भएको पाइए कारबाही गरिने बताएका छन् ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार उक्त विषयमा पार्टीको अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ।  उनले यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य नहुने बताए ।

यस्तो छ विज्ञप्ति

आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात् अदालतबाट निस्किँदै गर्दा वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीज्यू माथि हातपात भएको घटनाबारे जानकारी पायौँ। 

पक्कै पनि यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन। 

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ। 

धन्यवाद 

मनिष झा 

प्रवक्ता (कार्यवाहक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप