२०२४ को चुनावबारे जुकरबर्गको टिप्पणीमाथि मेटाले भारतसँग माग्यो माफी

नयाँ दिल्ली । गएको वर्ष भारतमा भएको चुनावबारे मार्क जुकरबर्गको टिप्पणीलाई लिएर मेटा पछाडि हटेको छ । कम्पनीले यस विषयमा माफी मागेको छ ।
अनजानमा भएको गल्तीको लागि माफी चाहन्छौँ भनेर कम्पनीले भनेको छ । मेटा इन्डियामा सार्वजनिक नीति निर्देशकको रूपमा काम गर्ने शिवनाथ ठाकुरालले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गरी सीईओको तर्फबाट माफी मागेका छन् । ‘२०२४ को चुनावमा कयौँ सत्तारुढ दलहरू पुनः निर्वाचित भएनन् भन्ने मार्कको भनाइ धेरै देशहरूको लागि सत्य हो, तर भारतको हकमा होइन । अनजानमा भएको यस गल्तीका लागि हामी क्षमा चाहन्छौँ । भारत मेटाको लागि अविश्वसनीय रूपमा महत्त्वपूर्ण देश बनेको छ,’ उनले भनेका छन् ।
यसअघि भारतको चुनावमा मार्क जुकरबर्गको टिप्पणीलाई लिएर संसदीय प्यानलले कम्पनी विरुद्ध समन जारी गर्ने निर्णय गरेको थियो । एक दिन अघि सोमबार, केन्द्रीय मन्त्री अश्विनी वैष्णवले फेसबुकका संस्थापक मार्क जुकरबर्गमाथि जवाफी प्रहार गरेका थिए । कोभिड–१९ को महामारीपछि भारतसहित अधिकांश देशका वर्तमान सरकारहरूले २०२४ मा चुनावी हारको सामना गर्नुपरेको थियो भनेर जुकरबर्गले भनेका थिए । उनको अभिव्यक्ति तथ्यगत रूपमा गलत भएको मन्त्री वैष्णवले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार
-
नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
-
एयरपोर्टमा सुन ल्याए नल्याएको जाँच कसरी हुन्छ ?
-
श्याम र मिराको ‘फूलको रङ्ग’मा प्रभात र उषाको अभिनय
-
प्रदर्शनरत ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक