देउवाले बोलाए दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीसहितको संसदीय दल कार्यसमितिको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक बोलाएका छन् । बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरू पनि सहभागी हुने छन् ।
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक बिहीबार बिहान ८ बजे बस्नेछ । बैठकमा दलबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको पनि ब्रिफिङ सुन्ने तयारी भएको हो ।
‘संसदीय दल कार्यसमितिको बैठकको अवसरमा मन्त्रीहरूलाई पनि बोलाइएको हो‚’ उनले भने ।
बैठकमा उपप्रधान तथा सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही तथा राज्यमन्त्रीहरू रुपा विक र पूर्णबहादुर तामाङलाई बोलाइएको हो ।
यसबाहेक बैठकमा संसदीय दल कार्यसमितिका सदस्यहरू देउवासहित पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा रहेनछन् । यस्तै राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोट भूकम्पको क्षतिको विस्तृत आङ्कलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिबद्धता
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?
-
मन्धाना र प्रतिकाको रेकर्ड ब्याटिङ, भारतको कीर्तिमानी जित