अदालतमा रविले सम्झाए आफ्नो नागरिकता प्रकरण : भने– यो मुद्दा पनि खारेज हुनुपर्छ
![अदालतमा रविले सम्झाए आफ्नो नागरिकता प्रकरण : भने– यो मुद्दा पनि खारेज हुनुपर्छ](https://npcdn.ratopati.com/media/news/rabi-cover_CFIAr4eVDh.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आफू विरुद्धको मुद्दा खारेज हुनुपर्ने जिकिर गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसका क्रममा उनले सो कुरा बताएका हुन् ।
यो मुद्दाको प्रक्रिया नै पूरा नभएकाले यसलाई खारेज गर्नुपर्ने न्यायाधीशसमक्ष लामिछानेको तर्क थियो । प्रक्रिया पूरा नहुँदा आफ्नो नागरिकता खारेज भएको स्मरण गराउँदै उनले यो मुद्दा पनि सोही तरिकाले आएकाले यसलाई खारेज गरिनुपर्ने उनले बताए ।
‘ड्यु प्रोसेस पूरा नगरेको अवस्थामा मेरो नागरिकता खारेज भयो र मैले अर्को नागरिकता लिनुपर्यो,’ उनले भने, ‘प्रक्रिया पूरा नहुँदा के हुन्छ भन्ने नजिर म आफैँ हुँ । यो मुद्दा पनि ड्यु प्रोसेस पूरा नगरी आएको हुँदा यसलाई खारेज गर्नुपर्छ ।’
उनले आफ्नो लोकप्रियताको आधारमा गोर्खा मिडिया नेटवर्कमा १५ प्रतिशत सेयर दिइएको र त्यसको प्रक्रिया पूरा गर्नका लागि मात्र आफूले कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर हस्ताक्षर गरेको दाबी गरे ।
लामिछानेमाथिको थुनछेक बहस बुधबार सकिएको छ । बहस सकिएसँगै यसबारे आज नै आदेश आउनेछ । बुधबार रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।
दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा माघ महिनामा ९५ फरार अभियुक्त पक्राउ
-
जलनको उपचार प्रभावकारी र सहज बनाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री
-
लेबनानमा दुई नेपाली घाइते हुनेगरी भएको आक्रमणको घटनामा २५ जना पक्राउ
-
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार
-
सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू
-
नयाँ मूल्यसँगै कहाँ कति पर्छ पेट्रोलियम पदार्थको मूल्य ?