बौधीमाईका मेयरविरद्ध नाराबाजी र प्रदर्शन

रौतहट । रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवविरुद्ध स्थानीयले नाराबाजी र प्रदर्शन गरेका छन् ।
बुधबार नगरपालिकाको कार्यालय अगाडि जम्मा भएर स्थानीयले मेयर यादवको कार्यशैलीविरुद्ध नारावाजीसहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले भ्रष्टाचारी मेयर मुर्दावाद, भ्रष्टाचारीलाई कारबाही गरलगायतका नारा लगाउँदै मापदण्ड नबनाई मनोमानी ढंगले मेयर यादवले सडक बिस्तारका नाममा स्थानीयका घर भत्काएर दुख दिएको बताएका छन् ।
स्थानीय अगुवा एवं पूर्ववडाध्यक्ष श्रीभगवान पटेलले मापदण्ड बनाएर सडक बिस्तार गर्नुको साटो मेयरले मनोमानी रूपमा जथाभाबी घर भत्काएर दुख दिएको बताए ।
‘मेयर आफैले लट्ठी लिएर स्थानीयलाई कुटपिट गरेका छन्, स्थानीयको घरमा तोडफोड गर्ने मेयरलाई कारबाही हुनुपर्छ,’ पटेलको भनाइ छ ।
यस्तै स्थानीय आन्दोलनकारीले मेयर यादवले विभिन्न आयोजनामा गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने लगायतका माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’