टाउकै माथि छ भूकम्पीय क्षतिको खतरा, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । भूकम्पसम्बन्धी जनचेतना र सतर्कताबारे बुधबार विभिन्न कार्यक्रम आयोजना भइरहे पनि व्यवहारमा भने लागू हुन सकेको छैन । २०७२ सालको भूकम्प गएको एक दशक हुन लागे पनि काठमाडौँ र ललितपुरका केही स्थानमा अझै भूकम्पीय जोखिम हट्न सकेको छैन ।
सानो झट्काले पनि क्षति गराउन सक्ने गरी संरचनाहरू अझै टेकोको भरमा छन् । ललितपुरको पाटन–च्यासल–सुन्धारा क्षेत्रमै अझै कतिपय घरहरू टेकोको भरमा छन् । यता काठमाडौँ पनि यो कुराबाट अछुतो भने छैन । पर्यटकीय एवं विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर क्षेत्रमा भवनहरू टेकोको भरमै छन् ।
कुनै पनि समय भूकम्प आएमा जर्जर परिसकेका संरचनाबाट ठुलै मानवीय क्षति हुन सक्ने सम्भावना रहेपनि यसबारेमा स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान पुग्न सकेको छैन । २०७२ सालमा लगाइएका ती टेको पनि मक्किइसकेका छन् । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्ने पुस्ताभन्दा पछिल्लो पुस्ताको संख्या बढी भएपनि हेलचक्राईं भने अझ बढ्दै छ । २०७२ सालमा त्यस्तै प्रकारको भूकम्प अनुभव भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी