रविका वकिलको दलिल : धरौटी माग्दा अन्याय हुन्छ, तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामछिानेको बुधबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका छन् ।
बहस गर्दा दुवै वरिष्ठ अधिवक्ताले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष भएको जिकिर गरे । सरकारले दूषित मनसायका साथ अदालतमा अभियोग पत्र दाय गरेको उनीहरूको आरोप थियो ।
रमण श्रेष्ठले जीबी राईले ठगी गरेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएको बारेमा लामिछानेलाई थाहा नभएको दाबी गरे । लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदाको बखत २ करोड लाख रुपैयाँ मात्र आएको उनको जिकिर थियो । ‘दूषित नियतका साथ अभियोग पत्र आएको छ,’ उनले भने, ‘त्यसैले थप धरौटी लिँदा उनीमाथि अन्याय हुन्छ । आवश्यक पर्दा बोलाउने सर्तमा रविलाई छाड्नुपर्छ ।’
यता, सुशील पन्तले पनि गोर्खा मिडियाको सबै सबै कारोबारमा जीबी राईको पकड रहेको बताउँदै सहकारी ठगी प्रकरणमा लामिछानेको दोष नरहेको जिकिर गरे । खाता खोल्नेदेखि ऋण माग्न लामिछानेको संलग्नता नरहेको पन्तले दाबी गरे ।
‘चेकबाट भुक्तानी दिएको विषयमा पैसा कहाँ बाट आयो भनेर हेर्ने जिम्मा रविको होइन । भेन्डरलाई चेक दिएर रविले लाभ लिएको अवस्था होइन । रवि लामिछानेले ठगी गरेको होइन,’ उनले भने ।
पन्तले स्वर्णलक्ष्मी सहकारीबाट ऋण लिन रवि लामिछानेको र जीबी राईको खोजेको नाममा नक्कली खाता खोलिएको उनले जिकिर गरे । उनले पनि लामिछानेले तारेखामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने उल्लेख गरे ।
बुधवार थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएसँगै बहस सुरु भएको थियो। काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रवि विरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना थप गर्ने
-
प्रधानमन्त्रीको दाबी : सावधानी र मिहेनतका साथ अध्यादेश ल्याएका हौँ
-
राष्ट्रपतिद्वारा तीन जनालाई गैरआवासीय राजदूत नियुक्त
-
एक वर्षमा देखियो ३६८ जनामा बाथरोग
-
हाम्रो ध्यान पार्टी फुटाउने र जोड्नेमा होइन, सरकार प्रभावकारी बनाउनेमा छ : प्रधानमन्त्री
-
राष्ट्रपतिद्वारा यसअघि रोकेको भूमिसम्बन्धी अध्यादेश जारी