गाजामा युद्धविराम सम्झौताको मस्यौदालाई हमासले दियो मञ्जुरी

कायरो । गाजापट्टीमा युद्ध विरामसम्बन्धी सम्झौताको मस्यौदा हमासले स्वीकार गरेको छ । यो वार्तामा संलग्न दुई अधिकारीहरूले बताएको भन्दै एसोसिएटेट प्रेस (एपी)ले समाचार छापेको छ ।
सम्झौतामा दर्जनौँ बन्दी रिहा गर्ने बुँदा पनि छ । वार्तामा अमेरिका र कतारका मध्यस्थकर्ताहरूले बताएअनुसार इजरायल र प्यालेष्टिनी सशस्त्र समूह हमास वार्तालाई अन्तिम रूप दिने संघारमा छन् ।
योसँगै विगत १५ महिनादेखि गाजामा हमास र इजरायलबिच चलिरहेको युद्ध अन्त्यको निकट आइपुगेको छ । आफूले प्रस्तावित सम्झौताको एक प्रतिलिपि पाएको एपीले भनेको छ । आफूले पाएको प्रतिलिपि सक्कली भएको इजिप्ट र हमासका अधिकारीहरूले पुष्टि गरेको पनि उसले बताएको छ ।
वार्तामा प्रगति भइरहेको तर बुँदाहरूलाई अन्तिम रूप दिने काम भइरहेको एक इजरायली अधिकारीले भनेका छन् । गाजामा युद्धविराम हुन्छ भन्ने विश्वास आफूले गरेको मङ्गलवार अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले भनेका थिए ।
युद्धविराम हुने नहुने कुरा हमासमाथि निर्भर हुने उनको भनाइ थियो । युद्धविराम सम्झौता यस अघि कहिले नदेखिएको निकटमा पुगेको र यो केही घण्टा वा दिनभित्रै हुन सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग
-
कोशी प्रदेश सभामा ‘राजा’ शब्द निषेध