ऐन कानुन कार्यान्वयन अन्तरक्रियाबारे प्रतिवेदन हस्तान्तरण
बुधबार, ०२ माघ २०८१, १३ : ४८

काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापतिलाई सङ्घीय संसद्ले बनाएको ऐन–कानुन कार्यान्वयनका चुनौती विषयबारे कैलालीमा भएको अन्तरक्रियाको प्रतिवेदन बुझाइएको छ ।
बुधवार बसेको समितिको बैठकमा कानुन कार्यान्वयनबारे धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ समिति सभापति विमला सुवेदीलाई बुझाइएको हो । प्रतिवेदन उपसमितिका तर्फबाट सांसद पुष्पबहादुर शाहले बुझाएका हुन् ।
यसअघि समितिले सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र सङ्घीय संसद्ले बनाएका ऐन कानुन कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न उपसमितिहरू गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा