बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२५ वर्ष मुनिका कलेज गर्ल्सलाई रुसमा किन दिइँदैछ बच्चा पाइदिने अफर ?

बुधबार, ०२ माघ २०८१, १३ : २३
बुधबार, ०२ माघ २०८१

मस्को । घट्दो जनसङ्ख्याले पछिल्लो समय जापान, चीनसमेत कयौँ देशको टाउको दुखाइरहेको छ । यसैबिच एउटा अनौठो सरकारी घोषणा आएको छ । कलेज गइरहेका २५ वर्षभन्दा कम उमेरका युवतीहरूलाई एउटा देशले आमा बन्न प्रोत्साहित गरिरहेको छ ।

यो अफर रुसको एउटा क्षेत्रले दिएको हो । स्वस्थ बच्चा जन्माउने कलेज गर्ल्सलाई एक लाख रुबल भुक्तानी दिइनेछ । जन्मदर ऐतिहासिक न्यून स्तरमा झरेको स्थितिमा रुसको जनसङ्ख्या वृद्धिलाई सघाउन यो पहल गरिएको हो ।

द मस्को टाइम्समा छापिएको समाचारअनुसार रुसको करेलिया क्षेत्रले २५ वर्ष मुनिका छात्राहरूले स्वस्थ बच्चा जन्माएमा उनीहरूलाई १ लाख  रुबल दिइनेछ । यो योजनामा सहभागी हुने युवती कुनै पनि स्थानीय विश्वविद्यालय वा कलेजमा फूलटाइम विद्यार्थी हुनुपर्नेछ ।

युवती करेलियाकै बासिन्दा हुनुपर्नेछ । प्रोत्साहन रकम मृत बच्चा जन्मिएका वा एक्कासि सिनड्रोमका कारण मृत्यु हुने बालबालिकाका आमाहरूले पाउने छैनन् । यी युवतीहरूले शिशु स्याहार गर्न वा सुत्केरीबाट तङ्ग्रिन अरू आर्थिक टेवा पाउँछन् कि पाउँदैनन् भन्नेचाहिँ स्पष्ट छैन ।

युद्धका कारण देश छोडेर हिँडिरहेका छन् युवाहरू

२०२४ को पहिलो ६ महिनामा रुसमा ५ लाख ९९ हजार ६०० शिशु मात्र जन्मिएका थिए । यो सङ्ख्या २०२३ को सोही अवधिको तुलनामा १६,००० कम हो । जन्मदरमा आएको कमीले रुसी सरकारलाई चिन्तामा पारेको छ ।

रुसको जनसङ्ख्या घट्नुको पछाडि न्यून जन्मदर, उच्च वयस्क मृत्युदर र युवाहरूले देश छोड्नु जस्ता अनेक कारण छन् । युक्रेनसँगको युद्धका कारण देश छोड्ने युवाहरूको सङ्ख्या सबैभन्दा बढेको छ ।

रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले जनसांख्यिकीयमा आइरहेको यस परिवर्तनलाई राष्ट्रको भविष्यको लागि आपत्कालीन अवस्था बताएका छन् । रुसको सरकारले २०२५ देखि सुत्केरी भुक्तानी बढाउने योजना बनाएको छ ।

पहिलो पटक आमा बन्नेहरूलाई ६ लाख ७७ हजार रुबल दिइनेछ । दोस्रो बच्चा जन्माउनेलाई ८ लाख ९४ हजार रुबल दिइनेछ । घट्दो जनसङ्ख्याबारे रुस सरकार निकै चिन्तित बनिरहेको छ । 

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कार्यालयमा खाजा खान वा कफी खाने ‘ब्रेक’को समयमा शारीरिक सम्बन्ध राख्ने जस्ता उपाय सुझाएको खबर आएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप