अपहरण गरी फिरौती माग्ने भारतीय पक्राउ
बुधबार, ०२ माघ २०८१, १२ : ४५

काठमाडौँ । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सितामाढी बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोइरी रहेका छन् ।
कोइरीले गत वैशाख ९ गते रौतहट परोहा नगरपालिका-२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई माधव नारायण नगरपालिका-६ माधोपुरबाट अपहरण गरी भारतमा लगेका थिए । उनले परिवारसँग चार लाख रुपैयाँ फिरौती माग गरी फरार रहेका थिए ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मंगलबार पक्राउ गर्न सफल भएको हो ।
कोइरीलाई सर्लाही जिल्लाको सीमावर्ती इलाकामा लुकीछिपी आउने जाने गरेको अवस्थामा पक्राउ पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटकको आगमन
-
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य हुने
-
विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ
-
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन