बेलायतकी अर्थमन्त्रीले दिइन् राजीनामा
लन्डन । बेलायतकी अर्थमन्त्री ट्युलिप सिद्दकीले राजीनामा दिएकी छिन् । बङ्गलादेशमा चलिरहेको भ्रष्टाचार विरोधी अनुसन्धानको विषयमा बढ्दो दबाबको बीचमा उनले पदबाट राजीनामा दिएको विश्लेषणहरू आइरहेका छन् ।
ट्युलिप बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी दिदीकी छोरी हुन् । हसिनासँगको आफ्नो पारिवारिक सम्बन्धले प्रधानमन्त्री किर स्टार्मर सरकारको कामकाजमा अवरोध उत्पन्न नगराओस् भनेर उनले राजीनामा दिएको बताइएको छ ।
गत हप्ता मात्रै ट्युलिपले आफूले केही गलत नगरेको प्रमाणित गर्ने प्रयासमा बेलायती प्रधानमन्त्रीका स्वतन्त्र सल्लाहकार सर लौरी म्याग्नसलाई आफूमाथि लागेका आरोपबारे जानकारी गराएकी थिइन् । उनीमाथि लन्डनस्थित आफ्नो सम्पत्तिको उचित प्रयोग नगरेको र आर्थिक मामिलामा पारदर्शिता कायम नगरेको आरोप पनि छ ।
स्टार्मरले ट्युलिपको राजीनामा स्वीकृत गरेका छन् । आफ्ना लागि यो निर्णय लिन गाह्रो भएको तर बेलायती सरकारको लक्ष्य प्राप्त गर्न यो सही निर्णय सही भएको स्टार्मरले भनेका छन् । बङ्गलादेशमा भ्रष्टाचारको मुद्दामा सञ्चार माध्यमहरूले ट्युलिप सिद्दिकको नाम लिएका थिए । बङ्गलादेशमा केही सम्पत्ति अवैध रूपमा प्राप्त गरेको आरोप उनको परिवारमाथि लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाले बोलाए दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीसहितको संसदीय दल कार्यसमितिको बैठक
-
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
-
कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
-
अदालतमा रविले सम्झाए आफ्नो नागरिकता प्रकरण : भने– यो मुद्दा पनि खारेज हुनुपर्छ
-
भूकम्प दैवीप्रकोप होइन, प्राकृतिक प्रक्रिया हो : प्रधानमन्त्री
-
रविमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने