बक्स अफिसमा फेल भयो राम चरणको गेम चेञ्जर

नयाँ दिल्ली । जनवरी १० मा भारतीय बक्स अफिसमा दुई फिल्म रिलिज भए– दक्षिण भारतीय अभिनेता राम चरणको ‘गेम चेन्जर’ र बलिउड अभिनेता सोनु सूदको ‘फतेह’ । तर दुवै फिल्मबाट फ्यानहरूले जस्तो अपेक्षा गरेका थिए त्यस्तो भएन ।
राम चरणको गेम चेन्जर बक्स अफिसमा एकदमै सुस्त गतिमा अगाडि बढिरहेको छ । सेल्कनिकको तथ्याङ्क अनुसार फिल्मले रिलिजको पाँचौँ दिनमा १० करोड १९ लाख भारु मात्रै कमाएको छ । फिल्मले हिन्दी भेगमा करिब २ करोड ९४ लाख भारु कमाएको थियो । ४५० करोड रुपैयाँको बजेटमा बनेको यो फिल्मले रिलिज भएको पाँच दिनसम्म बक्स अफिसमा १०६ करोड १५ लाख भारु मात्रै सङ्कलन गरेको छ ।
पाँच दिन अगाडि रिलिज भएको सोनु सूदको फिल्म फतेहको बक्स अफिसमा स्थिति खराब छ । फिल्मले पाँचौँ दिनमा १ करोड ६० लाख भारु कमायो । फिल्मले बक्स अफिसमा अहिलेसम्म जम्मा ९ करोड ३० लाख भारु मात्रै कमाउन सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य