बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्यमीहरूलाई प्रधानमन्त्रीले भने– अर्थतन्त्रबारे मलाई भन्दा तपाईंहरुलाई बढी थाहा छ

बुधबार, ०२ माघ २०८१, ११ : ४७
बुधबार, ०२ माघ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले अर्थतन्त्रलाई चलायमान र सवल बनाउनेमा ध्यान दिनुपर्ने बताएका छन् । बुधवार बालुवाटारमा उद्यमी व्यवसायीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकरणसँगै ठुलो स्केलेको उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका हुन् ।  

उनले पीपीपी मोडलमा उद्योगधन्दा चलाउने भनिए पनि नेपालमा त्यसका लागि तेस्रो पाटर्नरसिप जन्मनै नदिने प्रवृत्ति देखापरेको बताए ।  ‘कतिपय उद्योग रुग्ण छन्, कतिपय बन्द छन् । औधागिक क्षेत्र बनेका छन् तर चटपटाएका छैनन्’, प्रधानमन्त्रीले भने, ‘उद्योगहरू स्थापना गर्नुपर्छ बन्द भएका चलाउनुपर्छ र अर्थतन्त्र चलायमान बनाउनुपर्छ ।’ 

उनले देशका दुई ठुला दल देशको सकारात्मक काम गर्न नै वर्तमान सरकार बनेको भन्दै काम, निर्णय दह्रा गर्ने दाबी गरे । उनले भने, ‘अर्थतन्त्रको बारेमा मलाई भन्दा बढी तपाईंहरुलाई थाहा छ । तपाईंहरु त्यही बसेर काम गर्नुभएको छ । मौद्रिक, फाइनान्सियल, आयात, निर्यातको अवस्था के छ ? आयात घटाउने भनेका छौ, तर केही आयात गर्नुपर्ने भन्दा नगर्ने गरिरहेका छौ’, प्रधानमन्त्रीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप