उद्यमीहरूलाई प्रधानमन्त्रीले भने– अर्थतन्त्रबारे मलाई भन्दा तपाईंहरुलाई बढी थाहा छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले अर्थतन्त्रलाई चलायमान र सवल बनाउनेमा ध्यान दिनुपर्ने बताएका छन् । बुधवार बालुवाटारमा उद्यमी व्यवसायीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकरणसँगै ठुलो स्केलेको उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले पीपीपी मोडलमा उद्योगधन्दा चलाउने भनिए पनि नेपालमा त्यसका लागि तेस्रो पाटर्नरसिप जन्मनै नदिने प्रवृत्ति देखापरेको बताए । ‘कतिपय उद्योग रुग्ण छन्, कतिपय बन्द छन् । औधागिक क्षेत्र बनेका छन् तर चटपटाएका छैनन्’, प्रधानमन्त्रीले भने, ‘उद्योगहरू स्थापना गर्नुपर्छ बन्द भएका चलाउनुपर्छ र अर्थतन्त्र चलायमान बनाउनुपर्छ ।’
उनले देशका दुई ठुला दल देशको सकारात्मक काम गर्न नै वर्तमान सरकार बनेको भन्दै काम, निर्णय दह्रा गर्ने दाबी गरे । उनले भने, ‘अर्थतन्त्रको बारेमा मलाई भन्दा बढी तपाईंहरुलाई थाहा छ । तपाईंहरु त्यही बसेर काम गर्नुभएको छ । मौद्रिक, फाइनान्सियल, आयात, निर्यातको अवस्था के छ ? आयात घटाउने भनेका छौ, तर केही आयात गर्नुपर्ने भन्दा नगर्ने गरिरहेका छौ’, प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनिसेफले ७५३ वटै पालिकाहरूको वास प्लान बनाउन सहकार्य गर्ने
-
रास्वपा कार्यकर्ताबाट वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास
-
रवि लामिछानेका समर्थकहरूद्वारा अदालत बाहिर नाराबाजी (तस्बिरहरू)
-
माघ १६ गते बृहत् कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
-
कालो, रातो वा पहेँलो कुन किसमिस बढी स्वास्थ्यकर छ ?
-
२०२४ को चुनावबारे जुकरबर्गको टिप्पणीमाथि मेटाले भारतसँग माग्यो माफी