आईएल टी–२० : कुशलआबद्ध टोलीले दीपेन्द्रको टोलीलाई हरायो
दुबई । इन्टरनेसनल लिग टी–२० मा कुशल मल्ल आबद्ध डेजर्ट भाइपर्सले दीपेन्द्र सिंह ऐरीको गल्फ जायन्ट्सलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा भाइपर्स ६ विकेटले विजयी बनेको हो ।
नेपालका दुवै खेलाडी उक्त खेलमा सुरुवाती ११ मा भने पर्न सकेनन् । भाइपर्सको यो लगातार दोस्रो जित हो भने जायन्ट्सको लगातार दोस्रो हार । जायन्ट्सले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य भाइपर्सले मात्र १७.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि साम करनले ४३ बलमा सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।
सेरफान रदरफोर्डले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ४० रन जोडे । उनले ३ छक्का र ३ चौका प्रहार गरे । एलेक्स हेल्सले ३० बलमा २० रन बनाए । जायन्ट्सका लागि मार्क अडेरले २ तथा ब्लेसिङ मुजाराबानी र टाइमल मिल्सले १–१ विकेट लिए ।
यसअघि, जायन्ट्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनाएको थियो । टोलीका लागि कप्तान जेम्स भिन्सले ६२ बलमा ७६ रन जोडे । उनले ५ चौका र २ छक्का हिर्काए ।
आयान अफजल खानले १८ बलमा १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । भाइपर्सका लागि लोकी फर्गुसनले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर ३ विकेट लिए ।
मोहम्मद आमिरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट हात पारे । लुक वुड, साम करन र वानिन्दु हसरंगाले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी जागिर पाउनासाथ पत्नीले राखिन् यस्तो शर्त, पतिले दिए प्रहरीमा उजुरी
-
१.८३ अंकले बढ्यो नेप्से
-
बौधीमाईका मेयरविरद्ध नाराबाजी र प्रदर्शन
-
कीर्तिपुरमा मनाइयो २७ औँ भूकम्प सुरक्षा दिवस, तस्बिरहरू
-
लुम्बिनी प्रदेशमा माघी मिलन कार्यक्रम
-
राष्ट्रपतिहरू बफादारीको अपेक्षा गर्छन्, तर ट्रम्प पूर्ण आज्ञाकारिताको माग गर्छन्