योलको गिरफतारीबारे के भन्छन् विपक्षी नेता ?
सोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक येओल अन्ततः पक्राउ परेका छन् । सत्तारुढ दलका कार्यकर्ता र येओलको सुरक्षाकर्मीहरूका कारण यसअघि पटक पटक येओललाई समात्ने प्रयास असफल भएको थियो । तर बुधबार बिहान सुरक्षाकर्मीहरूको अवरोध र येओलका कार्यकर्ताहरूको प्रदर्शनका बीचमा येओल समातिएका छन् ।
योलको गिरफ्तारीमाथि विपक्षी दल डेमोक्रेटिक पार्टीकी सांसद पार्क चान–डेले ‘दक्षिण कोरियामा न्याय जीवित छ’ भनेका छन् ।
‘यो गिरफ्तारी संवैधानिक व्यवस्था, लोकतन्त्र र कानुनको शासन पुनः स्थापित गर्ने दिशामा पहिलो कदम हो ।’ उनले पार्टी बैठकमा भने । पक्राउपछि राष्ट्रपतिले एक भिडियो सन्देश जारी गर्दै आफू विरुद्धको अनुसन्धान गैरकानूनी भएको बताएका छन् ।
आफू भ्रष्टाचार छानबिन गर्ने कार्यालयसमक्ष जान तयार रहेको भएपनि यस जाँचलाई आफूले सही नमान्ने पनि उनले बताए । गएको महीनाको सुरुमा मार्शल ल लगाउने असफल प्रयासपछि येओलविरुद्ध महाभियोग प्रस्ताव लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा माघी मिलन कार्यक्रम
-
राष्ट्रपतिहरू बफादारीको अपेक्षा गर्छन्, तर ट्रम्प पूर्ण आज्ञाकारिताको माग गर्छन्
-
सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको छ : अध्यक्ष दाहाल
-
ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह
-
माघ १५ मा हुने भनिएको प्रेस सेन्टरको महाधिवेशन सर्ने
-
निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा