जय ट्रफी क्रिकेट
जय ट्रफी क्रिकेट : आलमको ७ विकेट, पुलिसद्वारा इनिङ्स समाप्तिको घोषणा
बुधबार, ०२ माघ २०८१, १० : ४४

काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको छ । वीरगन्जमा जारी खेलमा टोलीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको हो ।
टोलीका लागि कुशल भुर्तेलले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ५६ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, अर्जुन साउदले ७८ बलमा २८ रन बनाए । उनले ४ चौका हिर्काए ।
अमित श्रेष्ठले ३९ बलमा २० रन जोडे । रसिद खानले २० बलमा १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
आर्मीका लागि सहाब आलमले घातक बलिङ गर्दै ७ विकेट लिए । उनले १२.४ ओभरमा ३ मेडनसहित ३७ रन मात्र खर्चिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)