६ वर्षपछि कमब्याक गर्दै छन् निल नितिन मुकेश
बुधबार, ०२ माघ २०८१, ०९ : १०

नयाँ दिल्ली । बलिउड अभिनेता नील नितिन मुकेश २०१९ यता फिल्मको पर्दामा देखिएका छैनन् । दक्षिण भारतीय अभिनेता प्रभासको ‘साहो’पछि उनी फिल्मबाट टाढै थिए । तर अब भने उनी छिटै फिल्ममा पुनरागमन गर्दै छन् । ‘हिसाब बराबर’ नामक फिल्ममार्फत उनले बलिउडमा पुनरागमन गर्दै छन् । यस फिल्ममा नीलका अलावा आर। माधवन पनि छन् ।
फिल्मको ओटीटी प्रिमियर जनवरी २४ मा जी५ मा हुनेछ । फिल्मको ट्रेलर रिलिज भइसकेको छ । फिल्म हिन्दी बाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज हुनेछ । यो फिल्मलाई अश्विनी धीरले निर्देशन गरेकी हुन्।
फिल्ममा नील स्क्यामरको भूमिकामा देखिनेछन् । नील चर्चित भारतीय पाश्र्व गायक नितिन मुकेशको छोरा र गायक मुकेशका नाती हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई पदबाट हटाए सरकारलाई निकै महँगो पर्छ : माधव सापकोटा
-
अब अराजकता, बलमिच्याइँ चल्दैन, हामी देश बनाउन आएका हौँ - प्रधानमन्त्री
-
बालयौन दुरुपयोगको कसुरमा एक जना शिक्षक पक्राउ
-
सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी अपचलन गर्नेलाई कारबाहीको माग
-
लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै
-
सरकारकाे असल काम देखेर केही समूह आत्तिए - मन्त्री अधिकारी