राम्रो प्रदर्शन नगर्ने ५ प्रतिशत कर्मचारीलाई निकाल्दै फेसबुकको मातृ कम्पनी

वासिङ्टन डीसी । फेसबुक, इन्ष्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटाले विश्वभरबाट केही कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । यसमा कम्पनीमा सबैभन्दा कम प्रदर्शन गर्ने ५ प्रतिशत कर्मचारीलाई निकाल्न लागिएको कम्पनीले बताएको हो ।
आफूले कम्पनीका नियमित प्रदर्शनमा आधारित रहेर सबैभन्दा नराम्रो प्रदर्शन गर्ने कर्मचारीहरूलाई निकाल्ने क्रम तीव्र बनाउने निर्णय गरेको कर्मचारीहरूलाई पठाइएको मेमोमा कम्पनीका हाकिम मार्क जुकरबर्गले भनेका छन् । यसरी निकालिएको कर्मचारीको ठाउँमा यो वर्षको अन्त्यतिर नयाँ कर्मचारी राखिने पनि उनले बताएका छन् ।
विश्वभर मेटाका ७२ हजार कर्मचारी छन् । कुन श्रेणी वा स्थानमा कति कर्मचारी कटौती हुन्छ भन्नेबारे मेटाले कुनै जानकारी दिएको छैन । कम्पनीको यस निर्णयबाट प्रभावित अमेरिकामा काम गर्ने कर्मचारीले फेब्रुअरी १० भित्रमा यसको जानकारी पाउने मेमोमा जुकरबर्गले भनेका छन् । अमेरिका बाहिरका कर्मचारीलाई भने यसबारे पछि थाहा दिइनेछ ।
प्रदर्शनको स्तर मापन माथि उठाएको अनि सबैभन्दा नराम्रो प्रदर्शन गर्नेलाई छिटो छिटो कम्पनीबाट निकालिने पनि जुकरबर्गले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ