रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस
![रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस](https://npcdn.ratopati.com/media/news/rabi-samarthak-(8)_6QYgZgqzI1.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार सार्वजनिक बिदा भएकोले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता र सरकारी वकिल गरी ९ जनाले बहस गरे । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले लामिछानेको पीडितको तर्फबाट बहस गरेका थिए ।
यस्तै सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरेपनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । तर आइबार थुनछेक बयान मात्रै भएपछि न्यायाधीश अधिकारीले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएका थिए ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार
-
सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू
-
नयाँ मूल्यसँगै कहाँ कति पर्छ पेट्रोलियम पदार्थको मूल्य ?
-
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
-
‘दुखी आत्मा’ को सेन्सर : यूएइमा फेल, कतारमा पास
-
पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक