बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

कृषि विभाग परिसरमा रैथाने प्रदर्शन

बुधबार, ०२ माघ २०८१, ०७ : २३
बुधबार, ०२ माघ २०८१

काठमाडौँ । ललितपुरस्थित कृषि विभागको परिसरमा रैथाने बाली प्रदर्शन भइरहेको छ । माघ १ गते पर्ने तेस्रो जैविक विविधता दिवसको अवसरमा भएकाे रैथाने बाली प्रदर्शन माघ ३ गतेसम्म जारी रहने छ ।

सो परिसरमा करिब सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी किसानका ३० वटा रैथाने वस्तु बालीका स्थल छन् । त्यहाँबाट रैथाने वस्तु खरिद गर्न सकिने छ । यसले उपभोक्ता र उत्पादनकर्तालाई जोड्ने विभागले आस राखेको छ । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने नाराका साथ यो वर्ष विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता मनाइँदै छ ।

सोमबार पत्रकार सम्मेलन मार्फत कृषि विभागले नेपाल जैविक विविधताले धनी राष्ट्रहरूमध्ये नेपाल ४९ औँ स्थानमा रहेको जनाएको थियो । नेपालमा करिब २४ हजार जीवित प्रजातिहरूका रहेका र सोमध्ये करिब १ तिहाइमा कृषि क्षेत्रले योगदान गर्ने गरेको परिप्रेक्ष्यमा कृषि जैविक विविधताको महत्त्वपूर्ण स्थान रहेको भए तापनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधताको अलावा कृषि जैविक विविधताको हासलाई तीव्र बनाएको विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले बताए ।

नेपालमा कृषि आनुवंशिक श्रोत (कृषि वाली एवं सम्बन्धित जङ्गली प्रजाति, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक श्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सूक्ष्म जीव) मध्ये करिब ४० प्रतिशत लोप भैसकेको हुन सक्ने अनुमान गरिएको उनले उल्लेख गरे ।

विसं२०७९ सालयता राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउँदै आएको छ । मन्त्रीपरिषद् बाट मिति २०७९/५/२७ मा प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रूपमा मनाउने निर्णय भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप