महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक पक्रिने प्रयास
काठमाडौं । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओललाई अनुसन्धान टोलीले दोस्रो पल्ट पक्रिने प्रयास गरेको छ । यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरुले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए ।
अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएको र अनुसन्धानकर्ताले पक्रिने प्रयास गरिरहेको बताइएको छ । गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।
यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुबैको भीड देखिएको र प्रहरीले समेत एक हजार बढी अधिकारीहरु तैनाथ गरेको बीबीसीले उल्लेख गरेको छ । त्यस दौरान यूनका कानून व्यवसायीले प्रहरीसँग दोहोरो कुरा गरेको समेत देखिएको समाचारमा उल्लेख छ ।
यूनलाई पदबाट हटाउन वा नहटाउने विषयमा महाभियोगको परीक्षणले तय हुने बताउँदै कानून व्यवसायीहरुले यसरी धरपकड गर्नू जनतामाथि विश्वासघात गर्नू हो, भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा
-
उद्यमीहरूलाई प्रधानमन्त्रीले भने– अर्थतन्त्रबारे मलाई भन्दा तपाईंहरुलाई बढी थाहा छ
-
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
-
विपक्षी दलहरूले गठन गरे दुई सदस्यीय कार्यदल, बिहीबार साझा धारणा सार्वजनिक गर्ने
-
रवि लामिछानेका तर्फबाट काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु
-
आईएल टी–२० : कुशलआबद्ध टोलीले दीपेन्द्रको टोलीलाई हरायो