प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई फेरि झट्का
बुधबार, ०२ माघ २०८१, ०५ : ००

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई फेरि झट्का लागेको छ । मंगलबार राती भएका चार मध्ये तीन खेल बराबरीमा टुंगिए । जसमा शीर्ष स्थानको लिभरपुल, चौथो स्थानको चेल्सी र छैठौं स्थानको म्यान्चेस्टर सिटी बराबरीमा रोकिए ।
शीर्ष स्थानको लिभरपुललाई नटिङघमले १-१ को बराबरीमा रोक्दा चौथो स्थानको चेल्सीलाई बर्नमथले २-२ को बराबरीमा रोक्यो । पछिल्लो समय लयमा फर्किएको म्यान्चेस्टर सिटीलाई भने ब्रेन्टफोर्डले २-२ को बराबरीमा रोक्दै अंक खोस्यो ।
शीर्ष स्थानको चेल्सीसँग एक अंक खोसेको नटिङघम एक अंकको अन्तरले अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लिभरपुल ४७ अंकका साथ शीर्ष स्थानमा यथावत छ । आर्सनल भने ४० अंकका साथ तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार