ट्रम्पले रक्षा प्रमुखका लागि प्रस्ताव गरेका हेगसेथ परे ४ घण्टे केरकारमा

काठमाडौं । डोनाल्ड ट्रम्पले चुनेका रक्षा प्रमुखले मदिरा सेवन गरेको र सेनामा महिलालाई लिएर गरेको टिप्पणीबारे प्रश्न उठेको छ । पूर्व फक्स न्यूज होस्ट तथा सैन्य जानकार पीट हेगसेथलाई ट्रम्पले रक्षा सचिव अर्थात् प्रमुखका लागि मनोयनको प्रस्ताव गरेका थिए ।
हेगसेथले सिनेट सशस्त्र सेवा समितिको चार घण्टे केरकारको सामना गर्नु परेको छ । सेनामा सामेल महिलाबारे गरेको पछिल्लो टिप्पणीलाई लिएर उनलाई चेतावनी समेत दिइएको बताइन्छ ।
तर, उनले अधिक मदिरा पीउने भन्दै आफ्नाबारे आएका समाचारलाई बदनामी अभियानको सज्ञा दिएका छन् । हेगसेथले आफ्नो प्रारम्भिक वक्तव्य दिनै लाग्दा कयौ पटक सुनुवाई रोकिएको थियो भने प्रहरीले प्रदर्शनकारीलाई समितिको कक्षबाट हटाउनु परेको थियो ।
उनको मनोनयनलाई कमजोर पार्न मुख्य गरेर योग्यता, अनुभव र आचरणलाई केन्द्रविन्दुमा राखेर सुनुवाई गरिएको र यी सबैलाई खारेज गरेर ट्रम्पको नामाकंनलाई सदर गरिने बताइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहकै कारण राजतन्त्र ढलेको थियो : गैरे
-
जेनेभामा के गर्दैछिन् परराष्ट्रमन्त्री देउवा ?
-
गोविन्दा र सुनिताले गर्न लागेका हुन् सम्बन्धविच्छेद ?
-
महाशिवरात्रिमा ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ भिड्दै
-
प्रतिनिधि सभा बैठक : भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सांसदहरूको माग
-
ओली जोरपाटीमा, ४ जना पक्राउ