‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा
काठमाडौँ । केनेल क्लब अफ नेपालद्वारा आयोजित ‘बाइरो तेस्रो ब्रिड च्याम्पियनसिप डग शो’ को तयारी पूरा भएको छ । यस सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न विषयमा जानकारी दिइएका हो ।
कार्यक्रम संयोजक बैशाली डंगोलले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइन् । उनले यस पटक डिजिटल मार्केटिङको माध्यमबाट धेरै दर्शक र सहभागीहरूसम्म पुग्न सफल भएको बताइन् ।
कार्यक्रमको आयोजक केनेल क्लब नेपालका सचिब विवेश श्रेष्ठले सबैलाई शोमा सहभागी हुन आग्रह गर्दै प्रायोजक र समर्थकहरूलाई धन्यवाद व्यक्त गरे ।
ब्रीड निर्णायक मिस्टर सञ्जय गुरुङले वर्ल्ड केनेल युनियनको मापदण्ड अनुसार कुकुरहरूको मूल्याङ्कन गरिने बताए ।
प्रायोजक बाइरोका तर्फबाट सुरेश शाहले कुकुरको उच्च नस्लको संरक्षण र प्रबर्द्धनका लागि यस्ता शोहरू महत्त्वपूर्ण हुने बताए ।
आधिकारिक साझेदारका तर्फबाट रामप्रसाद न्यौपानेले आफूहरू पशुसम्बन्धी सामाजिक कार्यहरूमा सक्रिय रहेको र यो डग शोको भागिदार हुन पाउँदा खुशी लागेको बताए ।
यस शोले कुकुरको उच्च नस्लको संरक्षण र प्रबर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकहरूको विश्वास छ । कार्यक्रम माघ ५ गते जाउलाखेल फुटबल ग्राउण्डमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब ६० वर्ष उमेर पुगेपछि श्रमिकलाई अनिवार्य अवकाश
-
कृषि विभाग परिसरमा रैथाने प्रदर्शन
-
काठमाडौँमा चैत १ गतेदेखि फ्लोरा एक्स्पो हुँदै
-
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
-
‘हेल्लो सीएम’मा गुनासै गुनासो- ‘सरुवा हुँदैपिच्छे करुवा उपहार दिनै पर्छ र ?’
-
आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी