विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता
काठमाडौँ । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मंगलबार साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी छन् ।
हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।
फोनवार्तामा मन्त्री डा राणाले इजरायल सरकारले विपिनसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गरेकी थिइन् ।
त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री डा राणालाई गराएका थिए । साथै विदेशमन्त्री सारले आज बिहान परराष्ट्रमन्त्री डा राणाले कतारका मन्त्रीसँग कुराकानी गरेकोमा खुसी पनि व्यक्त गरेका थिए । कतारका मन्त्री हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उनको भूमिका महत्त्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाई थियो ।
आज बिहान मन्त्री राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् ।
हमास समूहले केही बन्दी रिहा गर्न लागेको समाचारपछि मन्त्री डा राणाले इजरायल सरकार र हमाससँग सम्पर्कमा रहेर युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग सम्पर्क गरी विपिनको रिहाइका लागि अपिल गरिरहेकी छन् । गत हप्तामात्र उनले इजिप्ट सरकारसँग पनि सो आग्रह गरेकी थिइन् ।
विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ । मन्त्री डा राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकहरूमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा चैत १ गतेदेखि फ्लोरा एक्स्पो हुँदै
-
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
-
‘हेल्लो सीएम’मा गुनासै गुनासो- ‘सरुवा हुँदैपिच्छे करुवा उपहार दिनै पर्छ र ?’
-
आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी
-
ठमेलबाट चिनियाँ नागरिकको अपहरण, ३ जना पक्राउ
-
सुदूरपश्चिममा वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?