बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ

मङ्गलबार, ०१ माघ २०८१, २२ : ००
मङ्गलबार, ०१ माघ २०८१

आज २०८१ माघ १ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • माघे सङ्क्रान्ति

देशभर आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

  •  घरमा गरेको कामका आधारमा नम्बर 

अबदेखि विद्यार्थीले गर्ने घरायसी कामलाई समेत मूल्यांकनमा समावेश गरिने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यार्थीको घरायसी एवं दैनिक जीवनका कार्यलाई आन्तरिक मूल्यांकनमा समावेश गर्ने निर्णय गरेको थियो ।

  •  बदमासी

प्रहरी र राजस्व अनुसन्धान कार्यालय इटहरीले आइतबार छापा हानेर न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झाको घरबाट ठुलो परिमाणमा बजार पठाउन लागेको म्याद सकिएको खाद्य पूरक सामाग्री बरामद गर्‍यो । छापा मार्ने क्रममा झाको विराटनगर ६ स्थित आफ्नै घरको तीन वटा गोदाममा म्याद सकिएको न्युट्रास्युटीकलको लेभल मेटाएर पुनः नयाँ उत्पादन मिति राखेर विक्री वितरण गरेको भेटिएको थियो ।

  • भट्टले एमाले छाड्ने ?

नेकपा एमालेका सचिव लेखराज भट्टको एउटा अनौपचारिक संवादको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  त्यसमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पोखका छन् । 

  • वामपन्थी दल

कम्युनिस्ट पार्टीहरू समाजवादको बाटो हिँड्नुपर्नेमा एकमत छन् । तर, त्यसको मोडालिटी, कार्यदिशा, कार्यनीति, कार्यक्रम कस्तो हुने भन्नेमा अन्योल देखिन्छ । गणतन्त्र स्थापनाको १६ वर्ष पूरा हुँदा पनि वामपन्थी दलले अबको पार्टी निर्माण र समाजवादी आर्थिक क्रान्तिका आधार फेला पार्न सकेका छैनन् ।

  • अध्यादेशमा असन्तुष्टि

 पुस २६ गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सिफारिस भएका ५ अध्यादेशमध्ये चार वटा अध्यादेश सोमबार जारी भयो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस भए पनि एउटा अध्यादेश जारी गरेका छैनन् ।

  • समाजवादी मोर्चा

मुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपाका नेताहरू समाजवादी मोर्चा पुनः सक्रिय बनाउन आन्तरिक छलफलमा छन् । लामो समय निष्क्रिय रहेको मोर्चाको बैठक बुधबारका लागि बोलाइएको छ । उक्त बैठक बस्नुअघि मंगलबार कार्यदलको बैठक बोलाइएको छ । 

  • लोडसेडिङकै झल्को

काठमाडौँ उपत्यकामा बिजुलीको माग सामान्य अवस्थामा ४०० मेगावाट छ । चिसो बढेपछि हिटर, एसी, इलेक्ट्रिक गिजरजस्ता विद्युतीय उपकरण बढी चल्ने गर्छन् । यसले गर्दा विशेष गरी बेलुकाको समयमा बिुजलीको माग ४५० मेगावाटसम्म पुग्ने गरेको छ । 

  • राजश्व ठगी

चिनियाँ लगानीका धेरै व्यवसायीले एनएमबीको नभई चिनियाँ बैंककै खाता प्रयोग गर्ने गरेको व्यवसायी बताउँछन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रमा लगानी गर्ने र त्यहाँ चिनियाँ बैंककै खाताको ‘विच्याट’ क्युआर’ राख्ने गरेको एक चिनियाँ व्यवसायीकै घुमाउरो स्वीकारोक्ति छ ।

  • क्रिकेट

जय ट्रफी पुरुष एलिट कप क्रिकेट कपको फाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध राम्रो सुरुवात गरेको छ । पहिलो दिनको खेल सकिँदा टोलीले १७ ओभरमा २ विकेटको क्षतिमा ८५ रन बनाउन सफल भएको हो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र सुदूरपश्चिमले विजयी सुरुवात गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप