क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सहयोग

कतार । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले दैलेख डुङ्गेश्वरकी ब्लड क्यान्सरबाट पीडित सीता रावललाई आर्थिक सहयोग गरेको छ । अन्तर्राष्ट्रिय नेपाली समाज कतारका कोषाध्यक्ष खड्क बहादुर बुढाका अनुसार नेपाली रुपैयाँ २९,२६४ सहयोग रकम पठाई सकिएको बताए ।
क्यान्सर पीडित रावलको भारतको अहम्दावादस्थित सिभिल क्यान्सर अस्पतालको आईसीयूमा लामो समयदेखि उपचार भइरहेको र आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचारको सहयोगको लागि सो रकम संकलन गरेको अन्तर्राष्ट्रिय नेपाली समाज, कतारका सचिव लेकेन्द्र कार्कीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहीका अनुसार यस संगठनले पहिलेदेखि नै राहत तथा सहयोगहरू गरिरहेको बताए । उनका अनुसार संगठनले भैपरी आउने समस्याहरू र यस्ता सहयोग कार्यक्रमहरूमा सधैँ अग्रसर हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक सम्मानित
-
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : सतिशकुमार सिंह
-
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री
-
‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
-
नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छ : अध्यक्ष दाहाल
-
शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण