पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो

पोखरा । पोखरामा पाँचौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोली सहभागी हुने तय भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । माघ १२ गतेदेखि प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६–६ टोलीले सहभागिता रहनेछ ।
पुरुषतर्फ विदेशी टोली श्रीलंकन भलिबल टिमसहित हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सहभागिता जनाउने छन् । महिलातर्फ विदेशी क्लब युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डसहित नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी हुनेछन् ।
यसैबिच, प्रतियोगितामा पुरस्कार राशि समेत बढाइएको छ । आयोजक टाइगर ग्रुपले पुरस्कार राशिमा चौथो संस्करणभन्दा ३० हजार थप गरेको हो । दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने छ भने तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन डढेलोमा संलग्नलाई बागमती सरकारले कारबाही गर्ने
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा
-
बार निर्वाचन अपडेट : ११६० मत गणना हुँदा क-कसको अग्रता ? (सूचीसहित)
-
योगासाना च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक
-
दुई अटो ट्रेडर्सलाई विभागको कारबाही, तीन वटाको कारबाही फुकुवा
-
काठमाडौंमा भोलि राप्रपा, शिक्षक र सहकारी पीडितले प्रदर्शन गर्दै, कहाँ-कहाँ हुँदैछ सवारी आवागमन प्रभावित ?