विवाह बन्धनमा बाँधिँदै प्रभास, को होलिन् बेहुली ?
नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा प्रतिभाशाली अभिनेताहरू मध्ये एक हुन् प्रभास । आफ्नो उत्कृष्ट अभिनय कौशलले उनले दक्षिण सिनेमा प्रेमीहरूको मात्र नभई बलिउड प्रेमीहरूको पनि मनमा राज गरेका छन् ।
सन् २००२ मा ‘ईश्वर’बाट डेब्यू गरेयता उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । ‘बाहुबलीः द बिगिनिङ’, ‘बाहुबली २ः द कन्क्लुजन’, ‘कल्की २८९८ एडी’, ‘सलार’, ‘साहो’ र ‘आदिपुरुष’ जस्ता प्यान इन्डिया फिल्ममार्फत उनले दर्शकहरूको मन जितेका छन् ।
अहिले अभिनेताबारे सधैँ सोधिने एउटा प्रश्न हो– उनले कहिले विवाह गर्छन् ? प्रभासको प्रेम जीवन धेरै समाचारको हेडलाइनमा रहेको छ । तर उनले आफ्नो प्रेम सम्बन्धको बारेमा कहिल्यै कुरा भने गरेका छैनन् ।
वर्षौदेखि सामाजिक सञ्जालमा अभिनेताको बिहेको खबर आइरहेको छ । तर यस्ता हरेक अफवाहलाई उनले प्रायः अस्वीकार गर्छन् । पछिल्लो समय उनको बिहेको चर्चा फेरि तीव्र भएको छ ।
सुपरस्टार राम चरण र प्रसिद्ध ट्रेड एनालिष्ट मनोबाला विजयनको पोष्टपछि अभिनेताले बिहे गर्न लागेको चर्चा बढेको छ । प्रभासको बिहेको उल्लेख सुपरस्टार राम चरणले गरेका थिए ।
राम चरणले ‘अनस्टपेबल विथ एनबीके सिजन ४’ टक शोमा प्रभासको बिहेबारे ठूलो संकेत दिए । प्रभासकी भावी श्रीमती आन्ध्र प्रदेशको गणपावरमकी बासिन्दा हुन सक्ने भनेर राम चरणले भनेका थिए । रामचरणको यो भनाइ भाइरल भएको छ ।
राम चरणको अभिव्यक्तिको चर्चा बिच मनोबाला विजयनले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गरे । यस पोस्टमा उनले अरु केही लेखेका छैनन्, मात्र प्रभासको नाम घर र बेहुलीको इमोजी राखेका छन् । यो पोस्टले राम चरणको अभिव्यक्तिमा आगोमा घिउको काम गरेको छ ।
सन् २०२४ मा प्रभासले चाँडै नै आफ्नो प्रेमिकासँग विवाह गर्ने खबर आएको थियो । तर सो समाचारमा उनको हुनेवाला दुलही वा प्रेमिका को हुन् भनेर भनिएको थिएन् । प्रभासकी आन्टी रहेकी अभिनेता तथा राजनीतिज्ञ स्वर्गीय कृष्णम राजुकी पत्नी श्यामला देवीले पनि प्रभास छिटै बिहेको बन्धनमा बाँधिने खुलासा गरेकी थिइन् ।
अभिनेताले बिहे गर्न लागे भने सञ्चार माध्यमलाई अवश्य जानकारी गराइने श्यामला देवीको भनाइ थियो । उनको यो अभिव्यक्ति आएको केही दिनपछि एउटा कार्यक्रममा प्रभासलाई उनको बिहेबारे सोधिएको थियो । तर त्यतिबेला भने अभिनेताले आफ्ना महिला फ्यानहरूको मुटु दुखाउन नचाहेकोले आफूले छिटै बिहे नगर्ने भनेका थिए ।
प्रभासले आफ्नो बिहेबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । प्रभासको नाम उनका सह–कलाकारहरू अनुष्का शेट्टी, कृति सेनन र त्रिशा कृष्णनसँग जोडिएर आउने गरेको छ । तर यी अफवाहबारे उनले कहिल्यै प्रतिक्रिया दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर झन् महँगो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
ट्रम्पले रक्षा प्रमुखका लागि प्रस्ताव गरेका हेगसेथ परे ४ घण्टे केरकारमा
-
लमजुङमा धान उत्पादन बढ्यो
-
१२ बजे, १२ समाचार : ओलीको आलोचना गर्दा अर्का नेतालाई कारबाहीको डण्डादेखि राष्ट्रपतिलाई अध्यादेशले तनावसम्म
-
१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ
-
‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा