ममता र इन्दुको विस्फोटक ब्याटिङ, कर्णालीसामु विशाल लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ममता चौधरी र कप्तान इन्दु वर्माको शानदार ब्याटिङको मद्दतले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले कर्णाली प्रदेशसामु १ सय ८३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा मात्र एक विकेटको क्षतिमा १८२ रन बनायो ।
चौधरीले अर्धशतकीय इनिङ्स खेल्दै ६६ बलमा सर्वाधिक ७८ रन जोडिन् । उनले १० चौका प्रहार गरिन् । कप्तान इन्दु वर्माले उनलाई राम्रो साथ दिइन् । वर्माले पनि अर्धशतक बनाइन् । उनले ३४ बलमा ५२ रन बनाइन् । उनले आफ्नो इनिङ्समा ७ चौका हिर्काइन् ।
एपीएफले एक्लो विकेटको रूपमा ओपनर राजमति ऐरीलाई गुमायो । ऐरीले २२ रनको योगदान दिँदै पभेलियन फर्किइन् । उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरिन् । कर्णाली प्रदेशका लागि दीक्षा पुरीले ४ ओभर बलिङ गर्दै १ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने