किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

बागलुङ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधान हुनेगरी आफूले काम गरिरहेको बताएका छन् । बागलुङ नगरपालिकामा आज आयोजित कार्यक्रममा उनले वास्तविक किसान पहिचान गरेर मात्र अनुदान दिनुपर्ने बताएका हुन् ।
कृषि क्षेत्रमा अनुदान धेरै बाँडिएको भए पनि वास्तविक किसानका समस्या अझै समाधान नभएकामा मन्त्री अधिकारीले चिन्ता व्यक्त गरे । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले प्रयास गरिरहेको भन्दै उनले उत्पादनका आधारमा किसानलाई अनुदान दिइने बताए ।
कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरे । साथै मन्त्री अधिकारीले कृषिको विकासका लागि लगानी वृद्धि गर्न जरुरी भएको बताए । गरिबीबाट मुक्ति पाउन पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी रहेको उनले बताए । देशलाई गरिबीबाट मुक्त गर्न पनि कृषिकर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?