गाजामा युद्धविराम गर्ने सम्झौतालाई अन्तिम रुप दिन कतारमा फेरि वार्ता

दोहा । गाजामा युद्धविराम गर्ने सम्झौतालाई अन्तिम रुप दिन कतारमा फेरि वार्ता सुरु भएको छ । इजरायल र हमासबीच गाजामा २०२३ को अक्टोबरदेखि युद्ध चलिरहेको छ ।
हालैका दिनमा दुई पक्ष सम्झौता नजिक पुगेका छन् । दुई पक्षबीच शुत्रता अन्त्य गर्न र बन्दी रिहा गर्ने शर्तहरूलाई अन्तिम रुप दिन वार्ता भइरहेको वार्ताबारे जानकार प्यालेष्टिनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले सम्झौता हुने संघारमा रहेको बताएका छन् । सम्झौता केही हप्ता, दिन वा अलि बढी समयमै हुन सक्ने एक इजरायली अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।
अमेरिकामा राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले जनवरी २० मा आफूले शपथ ग्रहण गर्नु अघि गाजामा युद्ध विराम भएन भने मध्य पूर्वमा विध्वंस हुन्छ भनेर चेतावनी दिइरहेकै समयमा यो प्रगति भएको हो ।
बाइडेनले सोमबार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग र सोमबार कतारका शेख तमिम बिन हमाद अल–थानीसाग कुरा गरेका थिए । सोमबार इजरायलका अधिकारीहरू र हमासका प्रतिनिधिहरूले एउटै भवनमा बसेर अप्रत्यक्ष रुपमा वार्ता गरेको प्यालेष्टिनी अधिकारीले बीबीसीलाई बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ माओवादीको मृत्यु
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी