दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध सुरु भयो महाभियोगको सुनवाइ
सोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक येओलविरुद्धको महाभियोगमाथि सुनवाइ थालिएको छ । त्यहाँको संवैधानिक अदालतले मंगलबार यस मामिलामा पहिलो सुनवाइ सुरु गरेको हो ।
येओल अनुपस्थित रहेको उक्त सुनवाइ चार मिनेटमै सकिएको थियो । येओललाई पक्राउ गर्न पुर्जी जारी छ । यस्तोमा सुरक्षाका कारण येओल अदालतमा नआउने उनका वकिलहरूले पहिला नै बताइसकेका थिए ।
सुनवाईले गएको महिनाको सुरुमा मार्सल ल लगाउने असफल प्रयासपछि येओललाई राष्ट्रपतिको पदबाट हटाउने कि नहटाउने भन्ने निर्णय गर्ने छ । डिसेम्बरमा दोस्रो पटकको प्रयासमा येओलमाथि महाभियोग लगाउने प्रस्ताव संसदले पारित गरेको थियो । यो प्रस्तावमा येओलको आफ्नै पार्टीका केही सांसदहरूले समेत मतदान गरेका थिए ।
त्यसपछि येओललाई राष्ट्रपतिको पदबाट निलम्बित गरिएको थियो । यो मुद्दा हेर्ने ८ मध्ये ६ जना न्यायाधीसले महाभियोगलाई यथावत् राख्ने भनेर मतदान गरे भने मात्रै येओल औपचारिक रूपमा राष्ट्रपतिको पदबाट बाहिरिनेछन् ।
दक्षिण कोरियाको कानून अनुसार अदालतमा येओलको उपस्थिति बिनै सुनवाइ गर्ने हो भने अदालतले सुनवाईका लागि नयाँ मितिको घोषणा गर्नु पर्नेछ । अर्को सुनवाइ बिहीबारका लागि तय गरिएको छ ।
डिसेम्बर १४ मा महाभियोग प्रस्ताव पारित भएयता येओलले सार्वजनिक रूपमा कुनै टीकाटिप्पणी गरेका छैनन् । वकिलमार्फत उनी बोलिरहेका छन् । महाभियोग झेल्ने येओल दक्षिण कोरियाका पहिलो सत्तासीन राष्ट्रपति हुन् । जनवरी ३ मा प्रहरीहरूले उनलाई पक्राउ गर्ने सक्दो प्रयास गरे पनि सो प्रयास विफल भएको थियो । यो हप्ता उनलाई पुनः पक्राउ गर्ने प्रयास गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ
-
‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा
-
ओलीको आलोचना गर्दा एमालेमा अर्का नेता पनि कारबाहीमा
-
अध्यादेश फिर्ता लिन माग
-
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता
-
दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीश रेग्मी घाइते