१२ वटा मुद्दामा फरार महिला पक्राउ, करिब १ करोड बिगो
मङ्गलबार, ०१ माघ २०८१, १२ : ५२
_BVc6ohtFzm.jpg)
काठमाडौँ । एक दर्जन मुद्दामा फरार महिलालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–३ महाराजगन्ज घर भएकी सुधा बस्नेत छिन् ।
५७ वर्षीय बस्नेतलाई फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उच्च अदालत पाटनबाट बैकिङ्ग कसुरको १२ वटा मुद्दा फैसला भएपछि उनी फरार थिइन् ।
उनीविरुद्ध केश कुमार श्रेष्ठ समेतले जाहेरी दिएका थिए । उनीविरुद्ध ९० लाख ५० हजार रुपैयाँ बिगो र जरिवाना असुल गर्नुपर्ने अदालतको फैसला छ । बस्नेतलाई उच्च अदालत पाटनमा उपस्थित गराइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड