विराट र रोहितलाई नै उनीहरूको भविष्य तय गर्न दिनुपर्छ : कपिल देव

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान कपिल देवले विराट कोहली र रोहित शर्मा धेरै ठुला खेलाडी भएकाले उनीहरूलाई नै खेलमा आफ्नो भविष्य तय गर्न दिनुपर्ने बताएका छन् ।
अस्ट्रेलिया भ्रमणमा खराब प्रदर्शन गरेपछि कप्तान रोहित शर्मा र अनुभवी विराट कोहलीको भविष्यबारे धेरै अड्कलबाजी भइरहेको छ । यसैबिच कपिललाई रोहित र विराटको भविष्यको बारेमा सोधिएको थियो।
कोहलीले पछिल्ला ९ इनिङ्समा एक शतकसहित १९० रन मात्र बनाउन सके । उनी बारम्बार अफ स्टम्प बाहिर जाने बलमा क्याच आउट भएका थिए । कप्तान रोहित शर्माको आँकडा झनै खराब थियो। उनले ३ खेलको ५ इनिङ्समा ३१ रन मात्र बनाउन सके ।
खराब फर्मका कारण रोहितले सिड्नी टेस्टबाट बाहिरिनु परेको थियो । यसका बाबजुद भारतले ५ खेलको सिरिज १-३ ले गुमाउनु परेको थियो ।
फरक प्रसंगमा इङ्ल्यान्डविरुद्धको टी–२० सिरिजका लागि भारतीय टोलीमा यशस्वी जैसवाल र ऋषभ पन्त जस्ता आक्रामक ब्याट्सम्यानलाई समावेश नगरेकोमा कपिलले भने, ‘मलाई अरूको निर्णयको वास्ता छैन । यसमा केही भन्न चाहन्न । चयनकर्ताले केही सोचविचार गरेर टोली छनोट गरेको हुनुपर्छ । यदि मैले केही बोलेँ भने सायद मैले उनीहरूको आलोचना गर्नुपर्छ। म आलोचना गर्न चाहन्न।’
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र
-
शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल
-
कर्मचारीहरुलाई मन्त्री दाहालले भने, ‘सुशासनयुक्त सेवा प्रवाह गर्नुस्’
-
चैत्र महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार
-
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो