१ लाख ६० हजार वर्षपछि देखिँदै दुर्लभ पुच्छ्रे तारा
![१ लाख ६० हजार वर्षपछि देखिँदै दुर्लभ पुच्छ्रे तारा](https://npcdn.ratopati.com/media/news/pachre_XxI7ZzVTY6.png)
काठमाडौँ । आकाशमा आगामी केही दिनमा १ लाख ६० हजार वर्षपछि एउटा दुलर्भ पुच्छ्रे तारा देखिने सम्भावना रहेको छ । नासाका अनुसार उक्त पुच्छ्रे ताराको कति उज्यालो हुन्छ भन्ने बारे अनुमान गर्न कठिन भए पनि ‘कमेट सी/२०२४ जी३ (एट्लास)’ नांगो आँखाले समेत देख्न सकिने आशा गरिएको छ ।
सोमबार उक्त पुच्छ्रे तारा ‘पेरिहेलियन’ मा रहेको थियो, जुन सूर्यसँग सबैभन्दा नजिकको बिन्दु हो । यसले नै पुच्छ्रे ताराको चम्किलोपनबारे निर्धारण गर्नेछ । यो पुच्छ्रे तारालाई सोमबार रातिदेखि देख्न सकिने विज्ञहरूको भनाई छ ।
यो पुच्छ्रे तारा ठ्याक्कै कुन ठाउँबाट देखिन्छ भन्ने अझै थाहा नभए पनि विज्ञहरूले यो शुक्र ग्रह जत्तिकै चम्किलो हुने र दक्षिणी ध्रुवबाट राम्रोसँग देखिने बताएका छन् । पुच्छ्रे तारालाई गत वर्ष नासाको एस्ट्रोयड टेरेस्ट्रियल–इम्प्याक्ट लास्ट अलर्ट सिस्टमले पत्ता लगाएको थियो ।
किंग्स कलेज लण्डनका एस्ट्रो फिजिस्टस्ट डा. श्याम बालाजीका अनुसार अहिलेको हिसाब किताबअनुसार पुच्छ्रे ताराले सूर्यदेखि ८३ लाख माइल टाढाबाट यात्रा गर्नेछ । विश्वविद्यालयले यसलाई १ लाख ६० हजार वर्षमा एक पटक हुने घटनाको रूपमा व्याख्या गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
-
भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान
-
जोगमेहर श्रेष्ठलाई हराउने नानीमैयाँ दाहालको निधन
-
अध्यादेशमा उपेन्द्र र सरकार मुख हेराहेरको अवस्थामा
-
अर्जुन ट्रफीको उपाधि अत्तरियाले उचाल्यो, पायो १० लाख
-
नेपाल लाइफले बोनस सेयर र नगद लाभांश दिने